Latest News

माइती भागेकी पत्नीलाई फर्काउन भन्दै सरकारी कर्मचारीले मागे विदा !

Nepalese Times August 7, 2022 (1 Year ago)    349 Views

काठमाडौं ।

आफू कार्यरत कार्यालयबाट कुनै दिन बिदा लिनका कतिपय कर्मचारीहरुले अनेक खालका बहाना बनाउने गर्दछन् ।

कर्तव्यनिष्ठ कर्मचारीहरु यथार्थ कारण बिना विदा बस्दैनन् । तर कतिपय कामचोर कर्मचारीहरुका विदा बस्ने बहाना पनि अनेक खालका हुन्छन्, केही त पत्याउनै नसकिने ।

हालै छिमेकी मुलुक भारतमा एकजना सरकारी कर्मचारीले माइत भागेकी श्रीमतीलाई फकाएर घर फर्काउनका लागि भन्दै अफिसमा छुट्टी मागेका छन् ।

भारतको उत्तर प्रदेशस्थित कानपुरमा शिक्षा अधिकृत पदमा कार्यरत शमशाद अहमद नामका ती कर्मचारीको विदाको निवेदन अहिले निकै भाइरल बनिरहेको छ ।

निवेदनमा उनले आफ्नी पत्नी बच्चाहरुलाई लिएर घरबाट भागेर माइती गएपछि आफुलाई मानसिक रुपमा आघात पुगेको उल्लेख गरेका छन् । त्यसैले आफु ससुराली गाउँ गएर पत्नीलाई फकाउनु र घर फर्काउनु परेको र त्यसका लागि ३ दिनको भैपरी आउने विदा आवश्यक परेको भनी उनले कार्यालय प्रमुखलाई निवेदन दिएका छन् ।

उनले अगष्ट ४ देखि ६ तारेखसम्मको विदा मागेका छन् । उनको विदा निवेदन कार्यालय प्रमुखले स्वीकृत गरे नगरेको खुलाइएको छैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस