Latest News

अरिँगालको टोकाइबाट सुवर्णले अकालमै गुमाए ज्यान

Nepalese Times August 7, 2022 (2 Year ago)    431 Views

काठमाडौं ।

रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एकजनाको ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको ज्यान गएको हो ।

३ दिनअगाडि अरिँगालले टोकेका सुनारको आज आइतबार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो । साथीहरूसँग सल्यानको बाफुखोलामा अरिँगाल झार्न गएका सुनारलाई अरिँगालले टोकेको थियो।

३ दिनसम्म स्थानीय निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए।

सुनारको शरीरमा अरिँगालले टोकेका ५३ वटा घाउ देखिएका छन्। त्यसकारण सुनारलाई ५३ वटा अरिँगालले टोकेको अनुमान गरिएको विश्वकर्माले बताए। सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए।

प्रतिक्रिया दिनुहोस