Latest News

भाइरल अन्तरजातिय जोडिका कारण तोडियो रेकर्ड (भिडिओसहित)

Nepalese Times August 7, 2022 (1 Year ago)    351 Views

काठमाडौं –

नेपाली हाँस्य टेलिशृखला मेरी बास्सै चार वर्षपछि युट्युबको ट्रेनिङ नम्बर १ मा पुग्न सफल भएको छ ।

नवनियुक्त निर्देशक दिवाकर भण्डारी (सापटी काका) ले लेखनसँगै निर्देशनपनि सम्हालेको दुई भाग पछि नै ‘मेरी बास्सै’को ७६६औँ शृखला ट्रेनिङ १ मा उक्लिएको हो।

केही समयदेखि निरन्तरजसो घट्दो क्रममा रहेको ‘मेरी बास्सै’को साख निर्देशनमा भण्डारीको इन्ट्रीसँगै पूर्व निर्देशकद्वय केदार घिमिरे र सीताराम कट्टेलकै लयमा शृखलाको क्रेजमा फर्किएको देखिन्छ।

भण्डारीको नेतृत्व पाउनासाथ शृखलाले लामोसमयपछि सबैभन्दा धेरै दर्शकको मत जित्न सफल भएसँगै उनको निर्देशन पनि लेखन जस्तै अब्बल ठहरिएको छ । श्रृंखलाको कथा, पटकथा, संवाद लेखन भण्डारी र कुन्जन भट्टराईले गर्दै आएका छन् ।

साताको प्रत्येक मंगलबार प्रशारण हुँदै आएको शृखलालाई पाँचौ दिन शनिबार (यो समाचार तयार पार्दासम्म) ११ लाख ७१ हजार भन्दाबढी पटक हेरिएको छ।निर्देशक भण्डारीले दर्शकहरुको माया र आर्शिवादले गर्दा शुरुवातमै यो सफलता मिलको भन्दै दर्शहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै माया गर्न आग्रह गरेका छन्।

निर्देशक भण्डारीले नयाँ पुस्तासँग खूशी साट्दै भने, “यो खूशीको कुरा हो । यो सफलता मेरो एकल प्रयासले भन्दा पनि समग्रमा मेरी बास्सैको सिंगो टिमको मेहनत र परीश्रमले सफल भएको हो ।’

उनले भने – ‘मिडिया हबको भारी सहयोग, कलाकारहरुको अथक मेहनत र त्यसलाई भगवानरुपी दर्शकहरुले पनि धेरै माया गरिदिनुभयो यो सबै मिलेर नै ट्रेनिङ १ मा पुगेको हो । तपाइहरुले राम्रो लाग्दा ताली, नराम्रो लाग्दा गाली र सल्लाह सुझाब दिनुहोला हामी त्यसलाई सिरोधार्य गर्दै अघि बढ्ने छौँ । यो सफलता सबैसामु बाँड्न चाहन्छु ।”

यसअघिका निर्देशक दमन रुपाखेती ‘मेरी बास्सै’बाट बाहिरिएसँगै शृखलाका लेखक तथा कलाकार भण्डारी शृखलाको ७६४ औँ भागबाट निर्देशनमा उदाएका हुन्।

प्रतिक्रिया दिनुहोस