Latest News

महिलाको ज्यान गएपछि वीरेन्द्रनगर तनावग्रस्त

Nepalese Times August 6, 2022 (1 Year ago)    262 Views

काठमाडौं ।

मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको विषयलाई लिएर शनिबार सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । वीरेन्द्रनगरमा आफन्तले आन्दोलन गरेका छन् ।

शुक्रबार दिउँसो रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर नगरपालिका–१२ कि ४३ वर्षकी बालकुमारी नेपालीलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा ज्यान गएको हो ।

ज्यान गुमाएकाका आफन्त र परिवारका सदस्यले क्षतिपूर्ति र ठक्कर दिने मोटरसाइकलका चालकलाई कारबाहीको माग गर्दै यातायात बन्द गराएका थिए । केहीबेर यातायातका साधन बन्द गर्न खोजे पनि सम्झाइबुझाई गरेपछि रोकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले बताए ।

मृतकका आफन्त र प्रशासनबीच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक सुर्खेतकै भेरिगंगा नगरपालिका–११ का २० वर्षीया बिनोद खड्कालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस