Latest News

प्रधानमन्त्री देउवाले तोके पत्नी आरजुको निर्वाचन क्षेत्र, उम्मेदवारी कहाँबाट ?

Nepalese Times August 6, 2022 (1 Year ago)    339 Views

काठमाडौं ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा शीर्ष नेताहरु को कहाँबाट चुनाव लड्ने भन्ने विषय आम चासोको विषय बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक पत्नी डा. आरजु राणा देउवालाई आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्न आग्रह गरेका छन् । तर, आरजुले भने आफू डडेलधुरा नजाने बताएको स्रोतको दाबी छ ।

कांग्रेसनिकट उच्च स्रोतका अनुसार यसपटक सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आरजुलाई डडेलधुराबाट चुनाव लड्न आग्रह गरेका छन् ।

स्रोतले भन्यो, ‘जसरी पनि आरजुलाई जिताएर ल्याउने भन्दै यस्तो गर्नुभएको छ । तर, आरजुले भने बर्दिया–२ बाट चुनाव लड्ने तयारी गर्नुभएको छ ।’ आगामी निर्वाचनपछि सरकारको नेतृत्व लिनेगरि आरजुले तयारी थालेको चर्चाको बीच उनी निर्वाचन जित्ने सुनिश्चित् भएको सेफ जोनको खोजीमा लागेकी छिन् ।

उनले आफ्नो माइतीको पुर्खौली जिल्ला बदिया ताकेको चर्चा चलेको छ । उनले बर्दिया २ बाट यसपटक उम्मेद्धवारी दिने तयारी गरेकी छिन् । यो क्षेत्रबाट ०७४ मा सन्तकुमार थारुले चुनाव जितेका थिए ।

देउवाले भने आफू आरजुलाई डडेलधुरा छोडेर कैलाली वा कञ्चनपुर आउन तयार रहेको बताएका थिए । तर, आरजुले नै डडेलधुरा छोडेर बर्दिया रोजेपछि अहिले कांग्रेस शीर्ष नेताहरु सोहीअनुसार छलफलमा जुटेका छन् ।

देउवाले आरजुलाई पार्टी र सरकार दुवैमा फष्ट पोष्टमा पुर्याउनेगरि मुभ गरेका छन् । चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि आरजुको नेतृत्वमा आलोपालो सरकार बनाउनेसम्मको सहमति भएको चर्चा चल्नु र चुनाव जित्नको लागि आरजुले सेफ जोन खोज्नु संयोगमात्रै हो कि नियोजित भन्ने चुनावपछि थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस