Latest News

नछाड्ने भइन् कांग्रेसकी मैयाँले

Nepalese Times August 6, 2022 (1 Year ago)    604 Views

काठमाडौं ।

आँउदो मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा हुनासाथ उम्मेदवारीको दावी पेश हुन थालेको छ ।

गठवन्धन दलहरुमा सीट वाँडफाँडको टुङ्गो लागेको छैन । हिजो मात्र सिट वाँडफाँडको लागि कार्यदल गठन भएता पनि उक्त कार्यदलले काम सुरू नगर्दै आकाँक्षीहरु नेताका ढोका चाहार्न र सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन्।

यसैक्रममा पाँचथर जिल्लाको प्रदेश (ख) बाट महिला नेतृ,सामाजिक अभियन्ता तथा नेपाली काँग्रेस क्षेत्रिय सभापति मैयाँ श्रेष्ठ लावतीले आफ्नो सशक्त दावी पेश गरेकी छिन ।

यद्यपि लावतीले यस अघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न र सो क्षेत्रबाट बाहिर नामावली रहेकाहरुलाई नामावली स्थानान्तरण गर्न आह्वान गरेर सांकेतिक रुपमा दावी प्रस्तुत गरेकी थिईन ।

लावतीले दावी गरेको क्षेत्रबाट गत २०७४ को निर्वाचनमा बाम गठवन्धनबाट माओबादी केन्द्रका युवा नेता ईन्द्र आङ्वो मौसम ५ हजार वढी मतान्तरले बिजयी भएर ४ बर्ष भन्दा वढी प्रदेश सरकारमा शक्तिशाली अर्थ मन्त्री र माओबादी संसदीय दलका नेता समेत रहेका छन्।

आगामी निर्वाचनका बारेमा उनले अहिलेसम्म मुख खोलेका छैनन तर पाँचथरको संघीय सिटमा सशक्त दावी रहने प्रदेश कमिटी श्रोत बताउँछ |

आङ्वोको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन । लावतीले भने हामीसँगको सम्पर्कमा आफू सोही क्षेत्रको सभापति भएको र महिला भएर पनि सो क्षेत्रको जनताको सेवा र पार्टी काममा अहोरात्र खटेकोले दावी गर्ने पहिलो हकदार भएको बताउनु भयो।

पार्टी र नेतृत्वसँग दावी राख्ने आफ्नो अधिकार भएको, कार्यकर्ता र गठवन्धनको ब्यवस्थापन गर्ने जिम्मा पार्टीको भएको वताउँदै पार्टी र गठवन्धनले बिवेकपूर्ण निर्णय गरि प्रदेश ‘ख’ को जनताको सेवा र विकासको जिम्मा दिनेमा आफू ढुक्क रहेको बताउछिन।

सो क्षेत्रबाट अरु कसैको दावी बाहिर नआएपनि आङ्वोको निर्णयमा नै लावतीको उम्मेदवारीको छिनोफानो हुने देखिँन्छ । आङ्वो प्रतिनिधीसभामा गठवन्धनका उम्मेद्वार बने वा प्रदेश ‘क’ बाट उम्मेद्वार बनेको अवस्थामा लावती प्रत्यक्ष तर्फबाट प्रदेश ‘ख’ मा सशक्त उम्मेद्वार हुनेर प्रदेश सभामा प्रदेश ‘ख’ बाट प्रवेश गर्ने पहिलो महिला सभासदस्य हुने चर्चा चल्न थालेको छ।

त्यसका लागि काँग्रेस सहमन्त्री भीष्मराज आङ्देम्वे लगायतका नेताहरुले खुल्ला दिलले त्याग गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस