Latest News

प्रचण्ड र देउवा खुशी हुनेगरी निर्वाचन आयोगले गर्यो यस्तो निर्णय, एमालेमा खैलाबैला !

Nepalese Times August 5, 2022 (1 Year ago)    397 Views

काठमाडौं ।

दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्तबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।

तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्नेछ । त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदिय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ ।

तर हालसम्म कुनैपनि दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निर्णय भने गरिसकेका छैनन् । ३१ साउनभित्र निर्णय नगरे उनीहरुले यस्तो सुविधा पाउदैनन् ।

निर्वाचन आयोगको यो कदमले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरु उत्साहित बनेका छन् ।

उनीहरुले यसअघि स्थानी तहको चुनावमा पनि एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउनुपर्ने बहस चलाएका थिए । तर आवश्यक तयारी नपुग्दा त्यो पुरा हुन सकिरहेको थिएन ।

सत्ता गठबन्धनका उम्मेदवार एउटै निर्वाचन चिन्हबाट उम्मेदवार बन्न सक्ने भयले नेकपा एमालेमा भने खैलाबैला मच्चिएको छ । एमालेलाई जसरी पनि सत्ता गठबन्धन भत्काउनु छ । तर, अहिलेकै अवस्थामा सत्ता गठबन्धन भत्काउन सकिने अवस्था देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस