Latest News

एकैपटक ४३ डीएसपीको काज सरुवा, को–कहाँ ? (सूचीसहित)

Nepalese Times August 5, 2022 (1 Year ago)    301 Views

काठमाडौ –

नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।

बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।

काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, मुकुन्दप्रसाद रिजाल, मधुसुदन न्यौपाने, प्रेम बहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ, गोविन्द पुरी, अंगुर जिसी, तर्कराज पाण्डेय, रेशम बोहरा, उमेश लम्साल, प्रकाश दाहाल, रविन कार्की, भरत श्रेष्ठ, श्यामु अर्याललगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस