Latest News

काभ्रेस्थली सम्झाउने घटनाः श्रीमती र छोरीको ज्यान लिएर यी इन्जिनियरले पनि फाले ज्यान

Nepalese Times August 5, 2022 (1 Year ago)    588 Views

लखनउ :

भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । उनीहरुले केकमा जहर मिसाएर खाएको प्रहरीको भनाइ छ।

नलकुप विभागमा इन्जिनियर रहेका शैलेन्द्र कुमार श्रीमती र छोरीसहित ज्यान गएको अवस्थामा फेला परेका हुन् । शैलेन्द्रले आफूसहित छोरी र श्रीमतीलाई केक खुवाएर ‘हामी सबैलाई अर्को जन्मदिनको शुभकामना’ भनेका थिए।

छिमेकीहरुले विष मिश्रित केक खाएको थाहा पाएपछि अस्पताल लैजान खोजेका थिए। शैलेन्द्रले ‘हामीलाई छोडदेउ, अस्पताल नलैजाउ’ भन्दै विन्ती गरेका थिए।

स्थानीय बासिन्दा लवकुशका अनुसार उनीहरुलाई अस्पताल पुर्‍याइए पनि उनीहरुको ज्यान गइसकेको थियो । प्रहरी यो विषयमा छानबिन गरिरहेको छ।

अन्तिम संस्कारका दिन उनको घरमा चोरीसमेत भएको थियो। घरमा सुसाइड नोट पनि भेटिएको प्रहरीको भनाइ छ।

प्रहरीले सुसाइड नोटको आधारमा छानबिन गरिररहेको छ। जसमा उनले आ-त्मह-त्याको कारण भाइलाई लगाएका छन्।

प्रतिक्रिया दिनुहोस