Latest News

देउवाको गन्तव्य म्याडम साहेब, प्रचण्डको सुपुत्री : केपी ओली

Nepalese Times August 5, 2022 (3 Year ago)    477 Views

काठमाडौं।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन्।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यशालालाई शुक्रबार सम्बोधन गर्दै ओलीले गठबन्धनमाथि निगरानी गर्नुपर्ने बताए।

ओलीले भने, ‘‘गठबन्धन मलाई ठ्याक्कै लाज सरम पचेको हुँडारजस्तो लाग्छ। यिनीहरू खतरनाक तत्त्व हुन्, जे पनि गर्न सक्छन् निगरानी गर्नुपर्छ।’’

एमाले ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरे। उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए।

‘‘अहिलेका नेताको कुनै गन्तव्य छैन। मोहनविक्रम सिंहको गन्तव्य प्युठान। शेरबहादुरको गन्तव्य म्याडम साहेब। प्रचण्डको गन्तव्य सुपुत्री। माधव नेपालको त के कुरा गरौँ। गन्तव्य केही पनि छैन,’’ ओलीले भने।

ओलीले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस