Latest News

सिवानीसिंहको ओछ्यानमा सुटुक्क सुत्न जाने ‘दाई गायक’ को हुन् ?

Nepalese Times August 5, 2022 (1 Year ago)    384 Views

काठमाडौं ।

लेखक तथा कलाकार शिवानी सिंह थारूले आफूमाथि पनि एकजना ‘दाई गायक’ ले यौन दुर्व्र्यवहार गरेको खुलासा गरेकी छिन् । सोमबार ट्विटरमार्फत उनले आफू सुतिरहेको ओछयानमा अचानक आएर दुर्व्यवहार गरेको उल्लेख गरेकी छन् ।

लेखक संगीत स्रोतामाथि एक महिला लेखकले लगाएको आरोपको समर्थन गर्दै उनले आफुमाथि पनि यौन दुर्व्यवहार भएको वताएकी छिन् । उनले ति दाई गायकको नाम भने खुलाएकी छैनन् ।

उनले लेखेकी छिन्– ‘आफू सुतिरहेको ओछयानमा सुटुक्क सुत्न आएको दुर्ब्यवहार मैले पनि एकजना ‘दाइ’ गायकको चुपचाप सहेको छु, केही नभए झैँ भोलिपल्ट उनीसितै काम गरेको छु र मेरै गल्ती होला भनेर यतिका दिन नभनेर बसेको छु । त्यसैले सरिता जी म तपाइँको साथमा छु।’

उनले अझै एक कदम अघि वढेर ‘तिनै मान्छेसँग सहज सम्पर्कमा किन बसेको? काँधमा काँध मिलाएर आन्दोलन, संघ भन्दै किन हिँडेको?’ जस्ता प्रश्न नगर्न समेत भनेकी छिन् ।

‘एक्लै केटाको डेरामा किन गएको? दुर्व्यवहार भएपछि त्यो मान्छेसित सहज सम्पर्कमा किन बसेको? काँधमा काँध मिलाएर आन्दोलन, संघ भन्दै किन हिँडेको? यी प्रश्न गरिरहँदा न्यायाधीशज्यूहरू याद राख्नुस्, यही तर्कको आडमा अहिले ठिक यै समयमा हामीमध्ये कतिजना ‘आफ्नै मान्छे’बाट प्रताडित भइरहेका छौँ !’ भन्दै उनले यौन दुर्व्र्यवहारमा आफन्त र नजिककै मान्छेको संलग्नलाई संकेत गरेकी छिन् ।

‘काठमाडौंमा एकदिन’ उपन्यासकी लेखक रहेकी थारु नेपाल टेलिभिजनमा कार्यक्रम पनि चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस