Latest News

सत्ता गठबन्धको बैठक सकिएलगत्तै भीम रावलले दिए कडा प्रतिक्रिया

Nepalese Times August 5, 2022 (1 Year ago)    358 Views

काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले चुनावी तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रियामा नेता रावलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकाले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको उनको भनाइ छ।

पाँचदलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडि सारेको आफूहरुले पाएको भन्दै उनले यसरी आमनिर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्ध रहेको बताए ।

आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्नेमा समेत उनको जोड छ।

नेता रावलले जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने र यदि कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयहरूमा समान धारणा भएका राजनीतिक दलहरूले मिलेर संयुक्त सरकार गठन गर्ने रहेको बताए ।

प्रतिक्रिया दिनुहोस