Latest News

हेर्नुहोस् साउन २० गते शुक्रबारको राशिफल

Nepalese Times August 4, 2022 (1 Year ago)    370 Views

काठमाडौं ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – परिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तर पनि भरसक यात्रा नगर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । तर पनि विहानको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यावसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम् भित्र बसेर का गर्नेहरुका लागि समय मध्यम रहेकोले आलोचना हुनेछ । मायाँ प्रेममा मनमुटाव बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – पराक्रमी तथा पुरुषार्थी काम गरी नाम कमाउन सकिनेछ । सूचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । – सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ ।  रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ ।अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्षित हुनेछ ।बिहानको समय मध्यम रहेकोले काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तर पनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – विभिन्न साधन स्रोत जुटाई काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –  उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरुले सफलता हात लगाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । राम्रा तथा परिणाममुखी काम गरी अरुको मन जित्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –  बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाव सिर्जना हुने योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस