Latest News

अर्थमन्त्रीसँग जोरी खोज्ने सचिवलाई ‘जगेडा उपहार’, मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

Nepalese Times August 4, 2022 (1 Year ago)    254 Views

काठमाडौं ।

करको दर हेरफेर गरेको आरोप लागेको बेला अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिनुपर्ने भन्दै दबाब दिने अर्थसचिव मधुकुमार मरासिनीलाई सरकाले सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदले अर्थसचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । मरासिनीलाई सरुवा गरेको सरकारले अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव रहेका पुष्करले अर्को सचिव नआएसम्म दुवै सचिवको रुपमा काम गर्नेछन् ।

जनार्दनलाई बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराउँदै करको दर हेरफेर गरेको आरोप लागेको बेला सचिव मरासिनीनले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै दबाबा दिएका थिए । त्यति मात्र नभइ जनार्दनलाई थप दबाब दिन मरासिनी अचानक बिदा बसेका थिए ।

चौतर्फी आलोचनापछि जनार्दनले राजीनामा दिएको भोलिपल्टदेखि मरासिनी काममा फर्केका थिए । तर, जनार्दन पुनः मन्त्री भएर फर्केपछि मारासिनी नैतिक संकटमा परे ।

जनार्दनको राजीनामापछि बनेको संसदीय छानविन समितिले जनार्दनलाई लगाइएको आरोप पुष्टि हुने आधार नभेटिएका प्रतिवेदन बुझाएपछि उनी पुनः मन्त्री नियुक्त भएका हुन् ।

मरासिनी अर्थका दुई मध्ये पहिलो नम्बरका सचिव हुन् । तर, जनार्दन पुनः मन्त्री बनेर कार्यभार सम्हाल्न आउँदा मारासिनी ‘कसरी मुख देखाउने होला’ भन्दै भागेका थिए । मन्त्री शर्मालाई सचिव पुष्करले मात्र स्वागत गरेका थिए ।

यसैबीच, बिहीबार बसेको मन्त्रिपरिषदले मारासिनीलाई जगेडा सचिवको रुपमा प्रधानमन्त्री कार्यालय पठाएको हो ।

प्रतिक्रिया दिनुहोस