Latest News

निर्वाचन घोषणासंगै देउवाले रचे यस्तो इतिहास

Nepalese Times August 4, 2022 (1 Year ago)    327 Views

काठमाडाैँ- ‍

प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुईपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ।

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधसभा निर्वाचन भएको थियो। उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो।

संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो।

त्यसपछि आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न लागिएको हो। प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने छन्।

अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ। मतदानको दिन आइतबार परेको छ। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।

निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।

यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।

प्रतिक्रिया दिनुहोस