Latest News

प्रचण्ड र माधव नेपालबीचको भेटवार्ता सकियो, के-के भयो कुराकानी ?

Nepalese Times August 4, 2022 (1 Year ago)    288 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार बिहान हात्तीवनमा भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनबीच मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्ने सहमति भएको भोलिपल्ट सत्ता गठबन्धनमा आवद्ध दुई दलका अध्यक्षबीच छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनीहरूबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटका लागि समिति बनाउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनले मंसिर ४ गते एकै चरणमा दुवै सभाको निर्वाचन गर्ने सहमति गरेका थिए।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय हुनसक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस