Latest News

श्री एयरलाइन्सको जहाज ठूलो भाग्यले बाच्यो, आपत्कालीन अवतरण

Nepalese Times August 4, 2022 (1 Year ago)    365 Views

काठमाडौं ।

नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

नेपाल हवाई सेवामा प्रवेश गरेदेखि हालसम्म (अर्थात् सन् १९४९ देखि) कुन कुन वर्षमा के के उपलब्धि, घटना र दुर्घटना भए सोको लेखाजोखा यहाँ प्रस्तुत गरिएको छ :

सन् १९४९ : यो वर्ष हवाई सेवाको क्षेत्रमा नेपालको ऐतिहासिक वर्षको रूपमा मान्न सकिन्छ किनभने यही वर्ष भारतीय राजदूत श्री सरजीत सिंह महाथिया एउटा जम्मा चार सिट क्षमता र एक मात्र इन्जिन भएको भिन्टेजबिच एअरक्राफ्टबाट नेपालको गौचरणमा अवतरण गरेका थिए।

सन् १९५० : यो वर्ष हिमालयन एभियसनको डकोटा विमानले चार्टर फ्लाइटको रूपमा गौचरणबाट कलकत्ताको लागि उडान भरेको थियो।
सन् १९५५ : तत्कालिन राजा महेन्द्रबाट गौचरणको औपचारिक उद्घाटन भयो। गौचरणको नाम आफ्नो पिताको नामाकरण गर्दै त्रिभुवन विमानस्थल राखियो।

सन् १९५७ : त्रिभुवन विमानस्थलको घाँसे रनवेलाई पक्की बनाउने कार्य सम्पन्न भयो र सेवा प्रारम्भ गर्‍यो।

सन् १९५८ : शाही नेपाल वायुसेवाले आन्तरिक र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नियमित सेवा प्रारम्भ गर्‍यो। यसै वर्ष नेपालमा धेरै एअरपोर्ट निर्माण भए। ती हुन् : पोखरा एअरपोर्ट, सिमरा एअरपोर्ट जुलाई ४ मा बन्यो भने त्यस्तै यसै वर्षको ६ जुलाईमा विराटनगर एअरपोर्ट, भरतपुर एअरपोर्ट र भैरहवाको गौतम बुद्ध एअरपोर्ट बनेको थियो।

सन् १९५९ : तत्कालिन श्री ५ को सरकारले शाही नेपाल वायुसेवा निगमलाई सम्पूर्ण रूपमा आफ्नो अधिनमा लियो। यसै वर्ष तत्कालिन यातायातमन्त्री गणेशमान सिंहले राजविराज एअरपोर्टको उद्घाटन गरेका थिए। तर भौतिक पूर्वाधार पूर्ण नभएको र रनवेको सुरक्षाको पनि राम्रो व्यवस्था नभएको भनेर यो एअरपोर्ट बन्द गरियो।

सन् १९६० : नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको सदस्यता प्राप्त गर्‍यो। यसै वर्ष नेपालमा पहिलो हवाई दुर्घटना भयो। शाही नेपाल वायुसेवाको डगलस सी ए७ए–८०–डीएल भैरहवा एअरपोर्टमा दुर्घटना भयो र आगो लाग्यो। यो विमानमा यात्रु कोही नभए पनि चालक दलका चारजनाको निधन भयो।

सन् १९६१ : बेलायतकी महारानी एलिजाबेथ द्वितीय नेपालको पहिलो भ्रमणका लागि डकोटा विमानबाट अवतरण गरिन्। नेपालको हवाई इतिहासमा यो नै नेपालको एअरपोर्टमा भएको पहिलो चर्चित र उच्च तहको भ्रमण थियो। यसै वर्षमा नेपालगन्ज एअरपोर्टको पनि निर्माण भयो।

सन् १९६३ : भद्रपुर एअरपोर्टको स्थापना भयो।
सन् १९६४ : त्रिभुवन विमानस्थलको नाम परिवर्तन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखियो। लुक्लामा तेन्जिङ हिलारी विमानस्थलको स्थापना भयो।
सन् १९६६ : सुर्खेत विमानस्थलको स्थापना भयो।

सन् १९६७ : त्रिभुवन विमानस्थलमा भएको ३७५० फिटको रनवेलाई बढाएर ६,६०० फिटको बनाइयो। यसै वर्ष जर्मनको लुफ्टहान्सा विमान नेपाल आउने पहिलो जेट विमानको रूपमा नेपालमा अवतरण गर्‍यो।

सन् १९६८ : थाई इन्टरनेशनलले जेट विमानद्वारा नेपालको लागि नियमित सेवा आरम्भ गर्‍यो।
सन् १९७१ : सोलुखुम्बु जिल्लामा स्याङ्बोचे विमानस्थलको स्थापना भयो।

सन् १९७२ : नेपालको पहिलो बोइङ जहाज ७२७/१०० त्रिभुवन विमानस्थलमा आइपुग्यो। भारतीय प्राविधिकहरूले सञ्चालन गरिरहेको एअर ट्राफिक कन्ट्रोललाई नेपाली जनशक्तिले प्रतिस्थापन गरे। यसै वर्षको अक्टोबर १ तारिखमा तुम्लिङटार विमानस्थलको स्थापना भयो।

सन् १९७३ : यसै वर्षको जुन १० तारिखमा नेपालमा पहिलो हवाई अपहरण भयो। विराटनगरबाट काठमाडौंका लागि उडान भरेको शाही नेपाल वायुसेवाको डी हेभील्यान्ड क्यानडा, ट्विन अटर विमान बीपीको निर्देशनमा नेपाली कांग्रेसका तीन नेता दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले झण्डै ३० लाख भारु बोकेर अपहरण गर्दै भारतको बिहारमा ल्यान्ड गराएका थिए। यो अपहरणको समयमा विमानमा भएका १८ यात्रु र तीन चालक दल कसैलाई केही भएन। यसै वर्षको सेप्टेम्बर २४ तारिखमा चौरजहारी र डोटी एअरपोर्टको स्थापना भयो।

सन् १९७५ : त्रिभुवन विमानस्थलको रनवेको लम्बाई ६६०० फिटबाट बढाएर १०,००० फिटको बनाइयो। यसै वर्ष रारा विमानस्थल जुन ताल्चा विमानस्थलको नाममा परिचित आरम्भ भयो।

सन् १९७६ : उडान सूचना केन्द्रकोे स्थापना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो। यसै वर्षको अक्टोबरदेखि ताप्लेजुङ, बझाङ र फाप्लुमा एअरपोर्ट बन्यो।

सन् १९७७ : नेपाल वैमानिक संसारमा परिचित भयो।
सन् १९८१ : यसै वर्षको फेब्रुअरी २८ तारिखदेखि विश्वकै अग्लो स्थानमा रहेको मनाङ एअरपोर्ट आरम्भ भयो।
सन् १९८७ : पहिलो पटक फ्रान्सको कनकोर्ड विमान नेपालमा अवतरण भयो।

सन् १९८९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण सम्पन्न भयो।
सन् १९९० : तत्कालीन राजा श्री ५ वीरेन्द्रबाट त्रिभुवन विमानस्थलमा नवनिर्मित अन्तर्राष्ट्रिय टर्मिनल भवनको उद्घाटन सम्पन्न भयो।

सन् १९९२ : यस वर्षदेखि लिइएको उदार उडड्यन नीतिले निजी क्षेत्र पनि हवाई यातायाततर्फ आकर्षित भयो। केही निजी विमान हवाई सेवामा देखिए।

प्रतिक्रिया दिनुहोस