Latest News

सप्तरीबाट आयो दुःखद् खबर, ससुरा-बुहारीसहित ३ जनाले अकालमै ज्यान गुमाए

Nepalese Times August 4, 2022 (1 Year ago)    269 Views

राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको ज्यान गएको छ ।

कञ्चनरुप नगरपालिकामा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर ज्यान गएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लाग्नबाट कसरी बच्ने ?

यदि कोहि व्यक्तिलाई करेन्ट लागेको छ भने सबै भन्दा पहिले घरको सबै ईलेक्ट्रोनिक उपकरणहरुलाई बन्द गरेर त्यस व्यक्तिलाई करेन्ट लागेको चीज बाट टाढा राख्नु पर्दछ र त्यस व्यक्तिलाई सिधा सुताउनु पर्छ ।

करेन्ट लागेको व्यक्तिलाई मुखबाट श्वास दिनु पर्दछ र त्यस व्यक्तिको छातिमा १ फुटको दुरीबाट हातले दबाव बनाइराख्नु पर्दछ ताकि धडकन चलिरहोस् ।

जुन पनि व्यक्तिलाई करेन्ट लागेको छ त्यस व्यक्तिलाई नाङगो हाथले समात्ने गल्ती नगर्नु । पीडित व्यक्तिको श्वास चेक गरिरहनु र केहि गडबडि हुन साथ एंबुलेन्स बोलाउनु पर्दछ ।

प्लगको सबै जाँइंटसमा सेलो टेपको प्रयोग नगरि ईलेक्ट्रोनिक टेपको प्रयोग गर्नुपर्दछ गीजरको पानी प्रयोग गर्नुभन्दा पहिले गीजर बन्द गर्नुपर्दछ । अर्थिगं को चेक हरेक ६-६ महिनामा गराइराख्नु ।

जुन ईलेक्ट्रोनिसको आइटम्स को तार खिया लागेको छ वा टुटेको छ त्यस्तो तारलाई प्रयोग गर्नु भन्दा पहिले रिपेयर गराउनु पर्दछ । कुनै पनि तारको इलेक्ट्रोनिक्स प्रोब्लमस भयो भने आफै केहि पनि नगर्नु , प्रोफेशनलको सहयोग लिनु पर्छ ।

घरको सबै सोेकेटस कवर हुनुपर्दछ । कुनै पनि इलेक्ट्रोनिक अप्लायन्सेस पानीको नजिक नराख्नु । जहाँ करेन्ट प्रवाह भइरहेको छ त्यँहा दाउराको सहायताले अनप्लग गरिदिनु पर्छ ।

बाथरुमको कुनै पनि इलेक्ट्रोनिकस अप्लायन्सेस को उपयोग न को बराबर गर्नु । यदि बाथरुमको भित्ता सिलन छ भने त्यहा को स्विच बोर्ड मा करेन्ट लाग्न सक्ने भएकोले पहिले नै सावधान हुनु पर्छ ।

प्रतिक्रिया दिनुहोस