Latest News

देउवाले बोलाए मन्त्रिपरिषद्‍ बैठक, के-के छन् एजेण्डा ?

Nepalese Times August 4, 2022 (1 Year ago)    362 Views

काठमाडौं –

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ। सम्भवत: आज बिहीबार बस्ने मन्त्रिपरिषद्‍को बैठकले चुनावको मिति घोषणा गर्ने बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले आउँदो मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने समझदारी गरेका थिए। नेताहरूले सोही अनुसार चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन्।

प्रधानमन्त्री देउवाले पनि निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्। निर्वाचन आयोगले दुई हप्ता अघि नै निर्वाचन घोषणाबारे सरकारलाई सुझाव दिइसकेको थियो।

आउँदो मंसिर २२ मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल सकिने आयोगको निश्कर्ष छ। त्यसका लागि मंसिर ४ गतेभित्र चुनाव गरिसक्नुपर्ने आयोगको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस