Latest News

मध्यरातमा ‘एक्लै छु, मेरो घर आऊ’ भन्दै साथीलाई बोलाउने महिला पक्राउ !

Nepalese Times August 4, 2022 (1 Year ago)    428 Views

काठमाडौं ।

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर केही सेकेण्डसम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।

टिकटकमा रमाउने धेरै छन्, त्यही टिकटकमा भिडियो बनाएर भाइरल हुनेहरुको पनि कमी छैनन् । तर, त्यहि टिकटक बनाएर भाइरल हुने एक महिला भने पक्राउ परेकी छन् ।

साउदी अरेबियाको प्रहरीले अ श्लील भिडियो बनाएको आरोपमा महिला ताला साफवानलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिडियोमा तालाले मध्यराति आफू एक्लै भएकाले घरमा आउन साथीलाई आग्रह गरेकी छन् ।

साथीले रातिको ३ः३० बजेको र आउन नसक्ने जवाफ दिएपछि तालाले भनेकी छन्, ‘यो त झन् राम्रो भयो, किनकि यतिबेला सबै सुतेका छन्, तिमी मेरो घरमा आएको कसैले थाहा पाउँदैनन्, मैले तिमीसँग के गरे भन्ने पनि थाहा पाउँदैनन्, हामीलाई कस्तो मजा आउला !’

भिडियो बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महिला साथीलाई नै अ”श्लील भिडियो पठाएपछि उनलाई समलैंगिकताको आरोपमा प’क्राउ गरिएको छ । साउदीमा समलैंगिकता प्रतिबन्धित छ ।

टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो बनाएर शेयर गर्न सक्दछन् ।बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो ।

टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।

गुगल प्लेमा टिक–टकको परिचय short videos for you भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन ।

टिकटकका केही फाइदा पनि छन् । खासगरी गाउँ तथा स साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने तथा मनोरञ्जन गर्ने निकै राम्रो माध्यम बनिरहेको छ । कतिपय मानिस यसको माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच ।

यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् । विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउँदछन् ।

आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर होउन्, कमेडी गर्न आओस् अनि गाउने तथा नाच्ने कला पनि होस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त हुन्छ ।

साथै संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा सामेल गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको प्रचारप्रसार पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस