Latest News

आन्तरिक राजस्व कार्यालय महाराजगंजका अधिकृत घूस रकमसहित ‘रंगेहात’ पक्राउ

Nepalese Times August 3, 2022 (1 Year ago)    388 Views

काठमाडौं

आन्तरिक राजस्व कार्यालय, महाराजगंजका एक अधिकृत ३० हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । उनलाई ख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘रंगेहात’ पक्राऊ गरेको हो ।

आयोगको दाबी अनुसार, कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएका हुन् ।

घूस मागेको सूचना आएपछि आयोगको टोलीले विन्दु श्रेष्ठ प्रधान पक्राउ गरेको हो । प्रधानलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा आयोगको टोलीेले पक्राउ गरेको हो ।

मंगलबार मात्र आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित पक्राउ गरेको थियो । उनीसँग ६ लाख घुस र बाँकी १६ लाख ५० हजार स्रोत नखुलेको पैसा बरामद भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ ।

उक्त रकम पनि उपसचिव नेपालले घूसबापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अघि बढेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए । एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएका थिए ।

तर निवेदनलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका गरेका थिए । त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो ।

त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा पक्राउ परेका हुन् । त्यसकै छानबिन गर्ने क्रममा गाडी खानतलासी गर्दा थप रकम बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस