Latest News

कृषि विकास कार्यालयका सरकारी हाकिमहरु कार्यकक्षभित्रै मदिरामा झ्याप !

Nepalese Times August 3, 2022 (1 Year ago)    319 Views

जाजरकोट ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धिताललगाएतका कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेको फेला परेका छ्न् । वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको पाईएको हो ।

कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । कार्यालय भित्रनै मदिरा सेवन गरेको भन्दै नेकपा भेरी नगरकमिटी ईन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताएका छ्न् ।

नेत्र विक्रम चन्द  विप्लव नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।

विदाको दिन भएकोले आफ्नै क्वाटरको बाहिर साथीभाईसँग बसिरहेको कार्यालय प्रमुख धितालले बताएका छ्न् । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने कार्यालय हाताभित्रनै गैरजिम्मेवार भएर मदिरा सेवन गर्नु आपति जनक भन्दै आवश्यक कारवाही गरिने बताएका छ्न् ।‘भोली विहान छलफलका लागि बोलाएका छौं आवश्यक कारवाही हुन्छ ।’ उनले भनेका छ्न् ।

स्रोत अनुसार कार्यालय समयमा र सार्वजनिक विदा बाहेक अन्य समय भए अहिले नै नियन्त्रणमा लिई कारवाही गरिने तर सार्वजनिक विदाको दिन क्वाटर नजिकै भएकोले नियन्त्रणमा नलिएको प्रजिअ शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस