Latest News

सकियो सत्ता गठबन्धन बैठक, के-के भयो महत्वपूर्ण निर्णय ?

Nepalese Times August 3, 2022 (1 Year ago)    408 Views

काठमाडौं –

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएको छ ।

अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

गठबन्धनका नेताहरुबीच सहमति जुटेपछि भोलि बस्ने मन्त्रिपरिषद्‌ बैठकले निर्वाचनको मिति तोक्ने छ।

नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ । ‘चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ,’ गठबन्धनका एक नेता भन्छन् ।’

बैठकमा नेपाली कांग्रेस नेताहरु, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहितका नेता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवन नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस