Latest News

नेपाली श्रमिक पनि जान पाउने भए जापान, सुरु भयो प्रक्रिया (सूचनासहित)

Nepalese Times August 3, 2022 (8 Month ago)    263 Views

काठमाडौं –

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन्।

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रणालीमार्फत् जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको छ।

यसअघि सन् २०१९ मार्चमा प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्नेगरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डण्ल कार्यसमिति बनेको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहेका छन्।

त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ।

उनीहरुबीच भोलि साउन १९ गते बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि पठाउन बृहत छलफल गरी मन्त्रालयललाई सिफारिस गर्ने छ। उक्त विषयमा विस्कृत विवरण भोलिको बैठकपछि दिइने मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस