Latest News

मुख्यमन्त्रीलाई नै तनाव हुनेगरी अदालतले दियो यस्तो आदेश, १० करोड क-कसले पारे झ्वाम !

Nepalese Times August 3, 2022 (1 Year ago)    1292 Views

काठमाडौं ।

मधेश प्रदेशको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको ठहर, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं ।

मधेश प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसमा १० करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

मधेश प्रदेश सरकारले कार्यक्रमअन्तर्गत दुई चरणमा गरी २७ हजार साइकल किनेर वितरण गरेको थियो । त्यसक्रममा एक चरणमा १० र अर्को चरणमा १७ हजार साइकल खरिद गरेर वितरण गरिएको थियो । कर्मचारीमाथि मुद्दा चलाईएपनि राजनीतिक नेतृत्व भने जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस