Latest News

मुम्बई उड्न लागेको जहाजबाट समातिएका व्यक्तिको पहिचान खुल्यो, को हुन् यी व्यक्ति ?

Nepalese Times August 3, 2022 (2 Year ago)    504 Views

काठमाडौं –

काठमाडौंबाट भारत उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको सूचनापछि प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्ने व्यक्ति कैलालीका सन्तोष लामिछाने रहेका प्रहरीले जानकारी दिएको छ।

सुनचाँदी व्यवसायी संघका पदाधिकारीसँगै लामिछाने पनि श्रीमतीसहित मुम्बई जान लागेका थिए। उनीविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि सिआईबीको टोलीले उड्नै लागेको विमान नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।

विमानमा अधिकां सुनचाँदी व्यवसायीहरु रहेको प्रहरीको भनाइ छ। उनीहरु मुम्बई भ्रमणमा जान लागेको स्रोतको भनाइ छ।

‘मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानमा शंकास्पद् व्यक्ति रहेको सूचना पाएका थियौं। उनीविरुद्ध कैलाली प्रहरीमा जाहेरीसमेत परेको रहेछ। उड्नै लागेको विमानलाई नियन्त्रमा लिएर सन्तोष लामिछानेलाई नियन्त्रमा लिएका छौं। थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरीको उच्च स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस