Latest News

ठूलो मात्रामा लागू औषधसहित २२ जना पक्राउ

Nepalese Times August 3, 2022 (1 Year ago)    346 Views

काठमाडौं । प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ ।

असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १ का २७ वर्षका राजकुमार तामाङ, ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ कि ३५ वर्षकी सुशीला तामाङ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

यस्तै काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार हुने गरेको खुलेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ –०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षका सुभाष राय यादव र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका छन् ।

उनीहरुलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकास राज खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस