Latest News

तारकेश्वर घटनामा नयाँ ट्वीस्टः सुनीताले ट्वाइलेटमा बसेर घण्टौं फोनमा बोलेका परपुरुष को हुन् ?

Nepalese Times August 3, 2022 (1 Year ago)    483 Views

काठमाडौं ।

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको खबरले सबैलाई शोकमा डुबाएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई भई ताकेश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेको सिंगो परिवार सखाप भएको हो ।

सोमबार पाण्डेसँगै उनकी ३९ वर्षीय श्रीमती सुनीता काप्री पाण्डे, ८ वर्षीय छोरा आशिक पाण्डे र १३ वर्षीया आशिका पाण्डे मृत भेटिएका थिए । अहिले आखिर किन उक्त घटना घट्यो भन्ने विषयमा सबैले अनेक अड्कल गरिरहेका छन् ।

दिनेश १२ वर्ष वैदेशिक रोजगारीको सिलशिलामा साउदी अरब बसेर फर्के, उनी पछिल्लो समय मोबाइल पसल चलाएर बसिरहेका थिए ।श्रीमती पाण्डे नजिकै पसल चलाएर बसेकी थिइन् । जानकारी अनुसार केहि समयदेखि नै दिनेश र सुनीताको झगडा हुन्थ्यो । उनीहरु २ पटकसम्म बालाजु प्रहरी वृतले मिलापत्र गराएर छोडेको थियो ।

प्रहरीले मिलापत्र गराएर छोडे पनि पुनः झैँझगडा हुन थाल्यो । त्यसपछि समाजका दिग्गज व्यक्तितहरु भेला भएर सुनीताका दाजुभाइले, ‘तिमीहरुको जहिले झगडा पर्छ । यसले गर्दा समाजलाई असर गर्छ । त्यसकारण छुट्टिएर बस’ भनेका थिए ।

त्यसबेला सुनीताले ‘अहिले छुट्टिएर बसे भने छोराछोरीको भविष्य बिग्रन्छ । म छोराछोरी कै लागि छुट्टिन चाहन्न’ भनेकी थिइन् । उनीहरुको झगडाको कारण बिहेपछिको अवैध सम्बन्धलाई मानिएको छ ।

स्थानीयका अनुसार दिनेशको माइली भाउजुसँग नाजायज सम्बन्ध थियो भन्ने हल्ला चल्ने गरेको थियो । पाण्डे परिवारको घर एउटै भए पनि श्रीमान र छोराछोरी अलग बस्दै आएका थिए । घटनास्थलमा फेला परेको सुसाइड नोटमा पाण्डेले श्रीमती सुनीतामाथि गम्भीर आरोप लगाएका छन् ।

प्रहरीले फेला पारेको १० पेजको नोटमा दिनेशले श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको आरोप लगाए । श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य भएको कुरा उल्लेख भएको प्रहरी श्रोतले जानकारी गराएको छ । साउदी हुँदा कमाएको सबै पैसा श्रीमतीलाई पठाएको कुरा पनि उनले जानकारी गराएका छन् । तर श्रीमतीले उक्त पैसा माइतीलाई दिने गरेकी थिइन् ।

साउदीबाट फर्केर घर आउँदा आफूमाथि नराम्रो व्यवहार भएको पनि उनले पत्रमा उल्लेख गरेका छन् । सामान्य कुरामा पनि विवाद हुने गर्थ्यो । आफूलाई कुटपिटसम्म गर्ने गरेको उनको आरोप छ । आफूले प्रतिकार गर्न खोज्दा घरेलु हिंसा र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

१२ वर्ष विदेश बसेर फर्कदा आफूलाई बेवास्ता गरेकी सुनीताले परपुरुषसँग घण्टौं फोनमा कुरा गर्ने गरेको दिनेशको आरोप छ । सुनीता ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जान्थिन् । ट्वाइलेटमै बसेर लामो समयसम्म अरुसँग कुरा गर्ने गरेको उनले बताएका छन् । छोराछोरीको माया लागेर आफूसँगै लैजान’ हत्या गरेको कुरा जनाइएको छ ।

सुनीताको माइती पक्षले उनलाई बेलायत पठाउन लागेको थियो । सुनीता बेलायत जाने तयारीमा भएको बताइन्छ । मृत्युको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरी बताउँछ । अहिले पनि यस घटनामाथि प्रहरीले गहिरो अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस