Latest News

भाइरल ज्वरो बढेसँगै ७ दिन विद्यालय बन्द गर्ने निर्णय

Nepalese Times August 2, 2022 (1 Year ago)    471 Views

काठमाडौं ।

विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय सात दिन बन्द हुने भएको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको सङ्क्रमण बढेको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

साउन १८ गतेदेखि साउन २४ गतेसम्म सात दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले बताए । साथै हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालय बन्द गरिएको शाखा प्रमुख विकले बताए ।

भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउँछ । यसलाई सिजनल फ्लु पनि भनिन्छ । अझ भनौँ, जब मानिसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि मानिसलाई भाइरल ज्वरो आउँछ । प्रायः मौसम परिवर्तन हुने समयमा मानिसलाई भाइरल ज्वरो आउँछ ।

भाइरल ज्वरो आएको समयमा मुख बार्ने, धूवाँ, धूलोबाट बच्नको लागि मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने । भाइरल ज्वरोकै कारणले अन्य रोग समेत लाग्ने सम्भावना भएकाले भाइरल ज्वरो आएको समयमा विशेष ध्यान पुर्याउनुपर्छ ।

भाइरल ज्वरोकै कारणले जण्डिस, टाइफाइड, भाइरस इन्फेक्सन (वाकवाकी, पखाला तथा पेट दुःख्ने तथा ठेउलासम्म हुनसक्छ । ज्वरो आउँदा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरल बलियो हुन्छ । तर १०÷१५ दिनमा ज्वरो आफैँ ठीक हुन्छ ।

लक्षण
कमन कोल्ड (रुघा, खोकी), १०२÷३ डिग्री ज्वरो आउनु, कुनै एक समय ज्वरो आउनु (बिहान, दिउँसो, राति) ज्वरो आउनु, खोकी लाग्नु, खान मन नलाग्नु, अल्छी लाग्नु, जिउ दुःख्नु, टाउको दुःख्नु, घाँटी दुःख्नु ।

बच्ने उपाय
भाइरल ज्वरोबाट बच्ने उपाय भनेकै सबैभन्दा पहिला भाइरल लाग्नै नदिनु हो । धूवाँ धूलोबाट बच्ने, मुखमा मास्कको प्रयोग गर्ने, भिटामिन सी तथा फलफूल खाने, उमालेको पानी प्रशस्त पिउने, जंगफुड नखाने, सरसफाइमा विशेष ध्यान दिने, खोक्दा, हाच्छ्युँ गर्दा वा हाइ गर्दा सधैँ रुमालले मुख छोप्ने गर्नुपर्छ ।

भाइरल ज्वरो आएमा, सिटामोल, एन्टिकोल्ड, निको लगायतका औषधि प्रयोग गर्न सकिन्छ । तर ज्वरोकै कारणले लाग्नसक्ने अरु रोगबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस