Latest News

खानामा सर्पको टाउको भेटियो (भिडिओसहित)

Nepalese Times August 2, 2022 (1 Year ago)    467 Views

काठमाडौं ।

टर्किस एयरलाइन्स कम्पनीको सनएक्सप्रेसकी एक कर्मचारीले आफ्नो खानामा सर्पको टाउको भेटेकी छिन् । सर्पको टाउको पनि त्यतिबेला भेटियो जब उनले आफ्नो धेरैजसो खाना खाइसकेकी थिइन् ।

गत हप्ता टर्कीबाट जर्मनी जाँदै गरेको विमानमा खानामा सर्पको टाउको भेटिएको हो । जुलाई २१ तारिखमा विमानका कर्मचारी टर्कीको राजधानी अंकाराबाट जर्मनीको डसेलडोर्फ जानका लागि बिहानैदेखि आफ्नो कार्यक्षेत्रमा खटिएका थिए ।

उडिरहेकै बेला चालक दलका सदस्य ब्रेकफास्ट गर्न बसे । यसमा ड्रिङ्क, सलाद, ब्रेड रोल र हरियो सागको तातो झोल समावेश थियो । विमान परिचारिकाले आफ्नो खानामा सर्पको काटिएको टाउको भेट्टाउँदा उनले आफ्नो आधा खाना खाइसकेकी थिइन् ।

सलाद र सागको बीचमा सर्पको टाउको थियो । उक्त सर्पको टाउको ठूलो अंगुरको आकारको थियो । सन एक्सप्रेसले क्याटरिङ कम्पनीसँग सम्झौता रद्द गरेको जानकारी दिएको छ ।

एयरलाइन्सका प्रवक्ताले भनेका छन्, ‘हाम्रो ग्राहकलाई विमानभित्र प्रदान गरिने सेवा उच्च गुणस्तरको होस् भन्ने हाम्रो चाहना हो । यसका साथै हाम्रा ग्राहक र कर्मचारी दुबैले सहज र सुरक्षित उडानको अनुभव गराउने हाम्रो उच्च प्राथमिकतामा पर्छ ।’

‘विमानभित्र प्रदान गरिने खानाबारे जे जति समाचार प्रकाशित भइरहेका छन्, त्यो पूर्ण रुपमा अस्वीकार्य छ र यसबारे विस्तृत अनुसन्धान थालिएको छ ।’

‘अनुसन्धान प्रक्रिया टुङ्गो नलागेसम्म सम्बन्धित उत्पादनको आपूर्ति रोक्नेलगायतका सबै उपायहरु तुरुन्त अवलम्बन गरिएको छ ।’

यता क्याटरिङ कम्पनीले उक्त घटनामा आफूहरुको कुनै पनि दोष नभएको र खाना फ्याक्ट्रीबाट बाहिरिएपछि यसमा सर्पको टाउको राखिएको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस