Latest News

दक्षिण कोरियाले दिने भयो नेपालीलाई पनि पारिवारिक भिसा, के- के चाहिन्छ योग्यता ?

Nepalese Times August 1, 2022 (1 Year ago)    448 Views

सोल –

दक्षिण कोरियाले घट्दो जनसंख्या र कामदार अभावलाई पूर्ति गर्न दक्ष विदेशी नागरिकलाई पारिवारिक भिसा प्रदान गर्ने योजना ल्याउने भएको छ ।

कोरियामा वर्षेनि जनसंख्या घटिरहेको तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगहरुमा कामदार अभाव भएको भन्दै दक्ष विदेशी नागरिकलाई उक्त भिसा प्रदान गरिने यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

यहाँको न्याय मन्त्रालयले स्थानीय क्षेत्र विषेशलाई लक्षित गरेर कोरियामा स्थायी बसोवास गर्न पाउनेगरी अक्टोवरदेखि एफ-२ भिसा प्रदान गर्न लागेको हो ।

त्यसकालागि यहाँका ग्रामिण क्षेत्रका उद्योगहरुमा श्रमसम्झौता गरी काम गर्नुपर्ने बताइएको छ । उक्त भिसा प्राप्तगर्ने विदेशीले स्थानिय तह अर्थात यहाँका ग्रामिण क्षेत्रका उद्योगमा कम्तिमा ५ वर्ष काम गर्नुपर्ने सर्तमा सहमत हुनुपर्ने उल्लेख छ।

उक्त भिसा प्राप्त गर्नका लागि कोरियाली भाषामा प्रविणता तहसम्मको दक्षता हाँसिल गरेको र औपचारिक शैक्षिक योग्ता स्नातक उत्तीर्ण हुनुपर्ने तोकिएको छ ।

यसरी भिसा प्राप्त गर्ने विदेशीले आफ्ना परिवारका सदस्यलाई सँगै ल्याउन पाउने तर पछि भिसा परिमार्जन गर्दै लैजान सक्ने वा नसक्ने भन्ने विषयमा अहिले परिक्षणकाल भएकाले उल्लेख गरिएको छैन । उक्त योजनामा सहभागी हुन चाहने विदेशीले सरकारले तोकेका ८९ पालिकामार्फत आवेदन दिन सक्ने छन्।

मन्त्रालयले आवेदन हेरेर ग्रामीण स्तरका ५ क्षेत्रलाई लक्षित गरेर पहिलो चरणमा ५ सय जना विदेशीलाई उक्त भिसा प्रदान गर्ने बताईएको छ । उक्त योजना १ वर्षसम्म परिक्षण्को रुपमा सञ्चालन गरिने छ ।

यस्तै प्रकृतीका आप्रवासी भिसा योजना अस्ट्रेलिया र क्यानडालेपनि सञ्चालनमा ल्याएको र कोरियामा त्यसको प्रभावकारीता हेरेर आगामी वर्ष त्यसको समीक्षा गरेर मात्र अगाडि बढाइने बताइएको छ ।

यसअघि मानव अधिकारवादीहरुको चर्को दवावमा भिसा नभएका आप्रवासीका सन्तानको जन्मदर्ता गरी सेवा सुविधा प्रदान गर्न कोरिया सहमत भएको थियो । उनीहरुका बच्चाको जन्मदर्ता गरी दिने कानुन पनि कार्यान्वयनमा ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस