Latest News

ज्योतिषी हरिहरले दुनियाँ चकित बनाउने काम गरेलगत्तै उनकी श्रीमती निता ढुंगाना अस्पताल भर्ना

Nepalese Times August 1, 2022 (1 Year ago)    468 Views

काठमाडौं ।

ज्योतिष तथा अभिनेता हरिहर अधिकारी पछिल्ला दिनमा चर्चाको शिखरमा छन् ।

प्रेमीका तथा नायिका नीता ढुंगानासँग विवाह गरेका अधिकारीले धुमधामले विबाह सम्पन्न गरे लगत्तैदेखि चर्चामा रहिरहेका बेला उनले दिएको पछिल्लो अभिव्यक्तिले फेरी एक पटक चर्चाको शिखरमा पुगेका हुन् । खासमा उनी ट्रोल बन्न पुगेका हुन् ।

अधिकारीले अमेरिकी अन्तरिक्ष नियोग नासामा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिने, संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने, हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर जाने भन्दै अभिव्यक्ति दिएपछि उनीमाथि ट्रोलरहरु हाबी भइरहेका छन् ।

हरिहरको कुरामा तथ्य नभएको भन्दै चर्चित चिकित्सक, प्राध्यापकसहित बौद्धिक पेशा क्षेत्रका व्यक्तिदेखि सर्वसाधारणले समेत अभिव्यक्ति दिएपछि हरिहरले बोलेका कुरा अवैज्ञानिक भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

उनी ट्रोलको सिकार बनिरहेको समयमा उनले भर्खरै विवाह गरेकी नव दुलही या भनौँ उनकी श्रीमती नायिका नीता ढुंगाना भने अस्पताल भर्ना भएकी छिन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।

नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् । नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे । नीताको आज बिहान अपरेसन हुने बुझिएको छ ।

मानवीय संरचना अनुरुप हाम्रो पेटभित्र ठुलो आन्द्राको पहिलो भागमा रहेको औला आकारको एक मसिनो आन्द्रा लाई हामी ‘एपेन्डिक्स’ भन्छौ । एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुने भएकै कारण आम व्यक्तिको सहजताका लागि यसलाई ‘जुके आन्द्रा पनि भन्ने गरिन्छ ।

पुरानो मान्यता अनुसार यस अंगको खासै केही काम नभएको भन्ने मानिएता पनि नयाँ खोज तथा अन्वेषणबाट यस अंगले आन्द्रालाई आवश्यक पर्ने लाभदायक जीवाणु दिनुका साथै विभिन्न रोगसंग लड्न सहयोग गर्ने तथ्य पुष्टि भएको छ ।

तर, विभिन्न कारणवश् यस अंगमा हुने संक्रमणका कारण यो भित्रभित्रै सुन्निदै पाँकेर आउने र फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पीडा उत्पन्न गराउँछ । यही एपेन्डिक्स संक्रमणका कारण व्यक्तिमा उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाइटिस’ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस