Latest News

गायक रामकृष्ण ढकालले श्रीमतीसँगको डिभोर्सबारे फेरि मुख खोले !

Nepalese Times August 1, 2022 (1 Year ago)    463 Views

काठमाडौं ।

दुई वर्षअघि श्रीमतीसँग डिभोर्स भएको विषयमा गायक रामकृष्ण ढकालले फेरि मुख खोलेका छन् । यसअघि उनले सार्वजनिक रूपमा आफ्नो डिभोर्सको कुरा कहिल्यै स्विकारेनन्। अदालतमा गएर डिभोर्स भए पनि त्यसलाई गुपचुप नै राख्न खोजे ।

२०७६ पुसमा निलम शाहसँग डिभोर्स भएको थियो। तर उनले त्यो बेलामा पनि उनी छोरीसहित अमेरिका गएको मात्रै हो भनेर टारेका थिए।

दुई वर्षपछि त्यही प्रसङ्ग निस्कियो एक टेलिभिजन कार्यक्रममा। प्रकाश सुवेदीले कोट्याईकोट्याई सोधे पनि उनी यसबारे खुलेनन्। उनले बितेका कुराहरू छाडिदिऊँ भन्दै टारिरहे। तर प्रकाशले के छाड्थे र। दर्शकलाई भनिदिनु न भन्दै सोधी रहे। उनले मैले पहिल्यै भनिसकेको हो फेरी त्यही कुरा नकोट्याऊँ भनेर टारे।

यस प्रशंगमा यसअघि सामाजिक सञ्जाल प्रयोगकर्ताले भने रामकृष्ण ढकालकी पत्नी निलमलाई ऋणमा डुबेकाले सम्बन्ध विच्छेद दिएको भन्दै गाली गरेका थिए । तर, रामकृष्ण ढकालले भने निलमको ‘बचाउ’ गरेका थिए ।

सञ्चार माध्यममा रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग ‘डिभोर्स’ दिएको खबर कुनै भाइरल गीत झैँ एकैछिनमा फैलिएपछि  रामकृष्ण ढकालले ती समाचारलाई ‘गलत’ भएको बताए ।

कानूनी रुपमा भने ढकाल र निलमले पारपाचुके गरेको कागज देख्न सकिन्छ । जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले कागजी रुपमा सम्बन्ध विच्छेद गरेको बताएका थिए । उनका अनुसार निलमले अंश नलिने गरी ढकाल र निलमको पारपाचुके भएको हो ।

अदालतको दैनिक पेशी सूचीमा पनि रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद भएको देख्न सकिन्छ । कानूनी रुपमा डिभोर्स गरिसकेर पनि फेरि किन ढकालले हामी सँगै छौँ भनिरहेका छन् ? यसको कारणलाई कतिले ‘ऋण’ सँग जोडेर हेरेका छन् ।

रामकृष्ण ढकालको घरमा आर्थिक विचलन आएको छ । सहकारी स‍ंस्थाबाट लिएको ऋण र त्यसको ब्याज तिर्दा उनी आजित भएका छन् ।त्यसो त कतिपयले ढकालले चर्चामा आउन ‘डिभोर्स’ को नाटक गरेको पनि आरोप लगाएका छन् । तर, ढकालको परिवारमा के बितिरहेको छ भन्ने त उनलाई नै थाहा छ ।

प्रतिक्रिया दिनुहोस