Latest News

गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई गरे भान्सेमा नियुक्त, मासिक तलबसमेत तोकियो (नियुक्तिपत्रसहित)

Nepalese Times July 31, 2022 (2 Year ago)    556 Views

कैलाली ।

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफुनै श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् ।

कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई अध्यक्ष साउँदले भान्सेमा नियुक्त गरेका हुन् । नियुक्तिपत्रमा गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ ।

जेठ १५ गतेदेखि लागु हुने गरी ६ महिनाको करार सम्झौता गरिएको भण्डारीले बताए । अध्यक्ष साउदको सिफारिसमा जयसरालाई करारमा नियुक्ति दिइएको गाउँपालिकाले जनाएको छ ।

करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।

भान्सेका रूपमा नियुक्त गरिएकी जयसरा समितिहरूको अनुगमनमा पनि जाने करार सम्झौतामा उल्लेख छ ।

यसरी अनुगमनमा जाँदा उनले दैनिक भत्ता बेग्लै पाउनेछिन् । कार्यालय कामको सिलसिलामा कुनै भ्रमणमा जाँदा भ्रमण खर्च भुक्तानी दिने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस