Latest News

कांग्रेस सांसदको कारबाट यतिधेरै नगद नोट बरामद, हातले गन्न नसकिएपछि मशिनको सहारा

Nepalese Times July 31, 2022 (1 Year ago)    408 Views

काठमाडाैं ।

राजनीतिक व्यक्तिहरू भ्रष्टाचारमा मुछिने गरेका घटना पटक–पटक सार्वजनिक हुन्छन् । भारतको पश्चिम बंगालमा यस्तै घटना भएको छ ।

झारखण्डका ३ कांग्रेस सांसदको कारबाट बंगालमा धेरै नगद बरामद गरिएको छ । कारमा तृणमूल कांग्रेसका विधायक पनि सवार थिए । सांसदको बचाउका लागि कांग्रेसले नगद बरामदमाथि प्रश्न खडा गरेको छ ।

शनिवार राति बरामद भएको नोट हातले गन्न नसकिने भए पछि मशिनको सहारा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हावडा सिटी पुलिसकी डीसीपी प्रतिक्षा झाखरियाले सांसदहरू राजेश कच्छप, नमन विक्सेल कोंगारी र इरफान अन्सारीको कारबाट नगद बरामद गरिएको जानकारी दिइन् । तीनै जना झारखण्ड कांग्रेसका नेता हुन् ।

राष्ट्रिय राजमार्गमा चेकजाँच गर्दा सांसद सवार कारबाट नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

=====================

प्रतिक्रिया दिनुहोस