Latest News

कुलमान घिसिङ ओशो तपोवनमा यस्तो अवस्थामा भेटिए, भिडिओ भाइरल (भिडिओसहित)

Nepalese Times July 30, 2022 (2 Year ago)    415 Views

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि ओशो तपोवन पुगेका छन्।

प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित घिसिङ शुक्रबार त्यहाँ पुगेका हुन् । उनी ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक गरेका छन् ।

आनन्द अरुणले राखेको टिकटक भिडियोमा रातो गेरुवस्त्र लगाएर घिसिङ ध्यानमग्न भएर नाचिरहेको देखिन्छ । उनीसँगै अरु अधिकारीहरुपनि ध्यानमग्न भएर नाचिरहेका छन् ।

बिहीबार मात्रै सीके राउतले तपोवनमै सन्यास धारण गरेको भिडिओ र फोटो सार्वजनिक भएको थियो । राउतले तपोवन पुगेर आफनो नाम समेत परिवर्तन गरेका छन् ।

काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै करिब पाँच किलोमिटर हिँडेपछि पुगिन्छ, ओशो तपोवन। तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभव पारलौकिक नै हुनसक्छ। तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो।

तपोवनमा साधकहरूले ओशोका ध्यान विधिहरूको अनुभव गर्नेदेखि गहिरोसँग साधनामा डुब्दै जीवन नै बिताउन पनि सक्छन्। ओशो तपोवनको गेटबाट छिर्नेबित्तिकै रिसेप्सनको भवन देखिन्छ, जहा“ रातो बस्त्र लगाएका ओशो शिष्यहरूले हसिलो मुहार अनि मृदु मुस्कानका साथ आगन्तुकहरूको स्वागत गर्छन्।

रिसेप्सन सामान्यतया बिहान ८ बजेदेखि सा“झ ६ बजेसम्म खुल्छ। रिसेप्सनसँगै जोडिएको स्टलमा ओशोका साहित्यहरूको साथै अन्य सम्बुद्ध गुरुहरूका पुस्तकहरू समेत पाइन्छ भने साधकहरूको लागि आवश्यक बन्दोबस्तीका सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध हुन्छ। रिसेप्सनमा नेपाली शिल्पी र आधुनिक निर्माण प्रविधिको संगमको कलात्मक नमुना देख्न पाइन्छ।

रिसेप्सनभन्दा तलतिर हरियो जंगलले भरिएको भिरालो भूभागमा तपोवनको मुख्य संरचनाहरू निर्माण गरिएका छन्। रिसेप्सनबाट आश्रमको मुख्य भागतिर झर्नको लागि सिढी बनाइएका छन्। जीवनका हरेक पक्षलाई छुने ओशोका अमृत वचनहरूको कोटेसन बोर्डहरू बाटोको छेउमा साधकहरूले पढ्न मिल्ने गरी गाडिएका छन्।

काठमाडौंको कला संस्कृति झल्काउने खालका तथा आधुनिक किसिमले निर्माण गरिएका साधकहरू बस्नको लागि बनाइएका भवन हु“दै तल झरेपछि रजनीश ध्यान मन्दिर पुगिन्छ।

रजनीश ध्यान मन्दिर हिन्दूहरूका आराध्यदेव भगवान शंकरको शिवलिंग स्वरूप झल्काउने गरी बनाइएको ओशो तपोवनको मुख्य ध्यान कक्ष हो, जसमा करिब तीन सय व्यक्ति एकैसाथ बस्न सक्छन्। ध्यान मन्दिरभित्र ओशो लगायत कृष्ण, शिव, बुद्ध, शिवपुरीबाबा, जिसस, हजरत मोहम्मद आदिका प्रतिमूर्ति र तस्बिर राखिएका छन्।

ध्यान मन्दिरमा हरेक दिन ६ वटा ध्यानका सेसनहरू संचालन हुन्छ र सन्ध्यामा सबै गुरुहरूको आरती उत्सव गरिन्छ। रजनीश ध्यान मन्दिरको ठीक अगाडिको बगैंचामा पनि ओशो, शिव, बुद्ध तथा राधाकृष्णका सुन्दर आकृतिका मूर्तिहरू स्थापना गरिएका छन्।

यसबाहेक पनि तपोवनभित्र विभिन्न स्थानमा गणेशलगायत अन्य विभिन्न धर्म गुरुहरूका आकर्षक कलाकृतिका मूर्तिहरू स्थापना गरिएका छन्। त्यसकारण ओशो तपोवन सबै धर्म र संस्कृतिको साझा फूलबारी हो भन्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस