Latest News

वैवाहिक वर्षगाँठमा रमाइरहेका बेला पतिलाई झुक्याएर पत्नी अर्कै प्रेमीसँग टाप !

Nepalese Times July 30, 2022 (1 Year ago)    474 Views

काठमाडाैं ।

विश्वमा अनेक घटनाहरु भइरहेका हुन्छन्, जसले सबैको ध्यान तानिरहेका हुन्छन् । चकित पनि पर्छौं र यस्तो पनि हुन्छ र भन्छौँ ।

आज यस्तै एउटा घटना बाहिरिएको छ । विवाह भएको पहिलो वर्षगाँठमा दम्पतीले रमाइलो गर्छन्, वर्षगाँठलाई विशेष दिनको रूपमा लिइन्छ ।

भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा पनि एक दम्पती वर्षगाँठलाई विशेष बनाउन समुद्र किनारमा पुगेका थिए । तर त्यहाँ जे भयो, त्यसले सबैलाई आश्चर्यचकित तुल्याएको छ ।

समुद्र किनारमा पतिपत्नी रमाइरहेका बेला अकस्मात २१ वर्षीया पत्नी गायब भइन् । पत्नी नभेटिएपछि पति चिन्तित भए । ती महिला समुद्रमा डुबेको हुनसक्ने अनुमान गरियो । उनले प्रहरीलाई खबर गरे, प्रहरीले खोजबिन तीब्र बनायो ।

ती महिलालाई खोज्न प्रहरीले हेलिकप्टरसहित प्रयोग गरेर लगभग १ करोड रुपैयाँ खर्च गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जतिसुकै खोजे पनि महिला भेटिइनन् ।

तर केही दिनपछि ती महिलाले माइती घरमा आमाबुवालाई सन्देश पठाएर आफू जीवितै रहेको र प्रेमीसँग भागेको जानकारी दिइन् । त्यसपछि महिलाको चालबाजी खुल्यो । उनले प्रेमीसँग भागेर आफूले विवाह समेत गरिसकेको जानकारी दिइन् ।

पत्नी प्रेमीसँग भागेको थाहा पाएपछि पति हैरान भएका छन् । उनले आफ्नी पत्नीलाई यतिधेरै विश्वास गरेका थिए कि उनले यस्तो कल्पना समेत गरेका थिएनन् । तर उनको जीवनमा अकल्पनीय घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस