Latest News

एसइईमा यी ७ विद्यार्थीले ल्याए उत्कृष्ठ नतिजा, कसले कति जीपीए पाए ?

Nepalese Times July 29, 2022 (1 Year ago)    1002 Views

काठमाडौं ।

सिन्धुलीमा एसइई नतिजामा ७ जना उत्कृष्ठ भएका छन्। ३.९० जिपिए ल्याएर ७ जना उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी भएका छन्। जसमध्ये कमलामाई नगरपालिका ४ मिलनचोकमा रहेको सिन्धुली एकेडेमी बोर्डिङले ५ जना जनता बोर्डिङ १ र सिन्धुली विद्याश्रम बोर्डिङ स्कुललका १ जना विद्यार्थीले ३.९० जिपिए ल्याएको शिक्षा समन्वय इकाई परिक्षा तथा कार्यक्रम शाखाका प्रमुख दुर्गाबहादुर भुजेलले जानकारी दिए।

जिल्लामा १ सय ५५ जना साधारण तर्फबाट विद्यार्थीहरुले ३.६१ माथि जिपिए ल्याएर एप्लस ग्रेडमा उर्तिण भएका छन्। यस्तैप्राविधिक तर्फ एप्लस ल्याउने तीन जना रहेका छन्। यस्तै ३.२० देखि ३.६० सम्म जिपिए ल्याएर ए ग्रेडमा ३ सय ५८ जना साधारण तर्फका विद्यार्थी उर्तिण भएका छन्। भने २९ जना प्राविधिक तर्फका विद्यार्थी रहेका छन्।

परिक्षा तथा कार्यक्रम शाखा प्रमुख भुजेलका अनुसार बि प्लस ग्रेडमा ४ सय ६२ जना विद्यार्थीले २.४१ देखि ३.१९ सम्म जिपिए अंक पाएका छन्। यसमा प्राविधिक तर्फ ७६ जना रहेका छन्।

यस्तै बि ग्रेडमा ११ सय ९८ जना साधारण तर्फ र ९८ जना प्राविधिक तर्फका विद्यार्थी उर्तिण भएका छन्। यसैगरि सी प्लसमा १७२२ जना साधारण तर्फ र १० जना प्राविधिक तर्फका विद्यार्थीहरु जिल्लाबाट उर्तिण भएका छन्। यस्तै सी ग्रेडमा ९ सय ६७ जना, डि प्लसमा २७४ जना डि ग्रेडमा २० जना र ई ग्रेडमा शुन्य रहेको कार्यक्रम शाखा प्रमुख भुजेको भनाई छ।

विगतको वर्षको तुलनामा यस वर्ष एसइई नतिजा खस्कदै गएको देखिएको छ। जिल्लामा रहेका सामुदायकि विद्यालयहरुले भने नीजि विद्यालयसँग प्रतिस्पधा गर्न सकेका छैनन्।

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा निकै कमजोर देखिएको छ। सामुदायिक विद्यालयमा ३.७५ जिपिए सहित ए प्लस ल्याउने दुई ओटा विद्यालय रहेको शिक्षा समन्वय इकाले जनाएको छ। जिल्लाको सदरमुकाम कमलामाई नगरपालिका ६ मा रहेको गौमती माध्यमिक विद्यालय र गोलञ्जोर गाँउपालिकामा रहेको जनज्योती मावि खुर्कोटका दुई जना विद्यार्थीले ३.७५ जिपिए ल्याएका छन्।

जिल्लामा ३.९० जिपिए ल्याउने ७ जना छन् यस्तै ३.८५ जिपिए ल्याउने ७ जना ३.८० जिपिए पाउने १० जना र ३.७५ जिपिए ल्याउने ३१ जना रहेका कार्यालयले जनाएको छ।

यस वर्ष एसइई परिक्षामा ५ हजार ३ सय ४८ जना साधारणतर्फबाट र १ सय ७६ जना प्राविधिकतर्फ गरी ५ हजार ५ सय २४ जना सहभागि भएकोमा रिजल्ट आउदा १ सय ९२ जनाको अनुपस्थिति आएको कार्यालयले जनाएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस