Latest News

जनार्दन शर्मा प्रकरणः छानबिन समितिको अन्तिम बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times July 28, 2022 (2 Year ago)    363 Views

काठमाडौं ।

माओवादी केन्द्रका नेता एवम् तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिको ‘अन्तिम वैठक’ सकिएको छ ।

आज बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन लेखन कार्य टुंग्याएको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले बताए ।

वैठकपछि प्रतिक्रिया दिँदै उनले केही प्राविधिक कुराहरु बाहेक प्रतिवेदन लेखन कार्य सकिएको बताए । उनले भोलि सभामुखलाई समय लिएर बुझाउने जानकारीसमेत गराएका छन् ।

भोलि प्रतिवेदन हेरिसकेपछि सबै थाहा हुने र अहिले भन्न नमिल्ने उनले बताए । प्रतिवेदनमा सर्वसम्मति भए–नभएको विषयमा अर्यालले स्पष्ट जवाफ दिएनन् ।

बैठकबाट निस्किँदै छानविन समितिमा रहेका एमाले सांसद खगराज अधिकारीले प्रतिवेदन अन्तिम चरणमा रहेको र सबैले आ–आफ्नो कुा राखेको बताए ।

स्रोतका अनुसार एमाले सांसदहरु प्रतिवेदनको निस्कर्षमा सहमत छैनन् । तर, आजको वैठक नै अन्तिम भएको बताइएको छ ।

आजको वैठक सकिएपछि माओवादी सांसद देव गुरुङ सदस्यसचिवसँग बसिरहेका छन् । उनले आज वैठकमा बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर राय लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस