Latest News

३६ एसपीहरुको पदस्थापन, प्रधानमन्त्रीका पिएसओसहित कसले कहाँ पाए जिम्मेवारी ? (सूचीसहित)

Nepalese Times July 28, 2022 (2 Year ago)    389 Views

काठमाडौं ।

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए ।

१ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।

मोहन कुमार थापालाई अख्तियार, काजी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालय स्थित अंगरक्षक गण र विपिन रेग्मीलाई प्रधान कार्यालयका प्रबन्ध शाखामा पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहिबार पदस्थापनको निर्णय गरेका हुन् ।

केहीले बढुवा हुने वित्तिकै गण इन्चार्जको जिम्मेवारी पाएका छन् । कोमल शाहलाई सामाखुशीस्थित पहरा गणको जिम्मेवारी दिइएको छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ हो । पिएसओ भएकै आधारमा उनलाई ब्याचमा पहिलो नम्बरमा बढुवा गरिएको थियो । त्यस्तै, रंजितसिंह राठौर रातमाटे गण मकवानपुरको प्रमुख भएका छन् ।’

===

====

==

प्रतिक्रिया दिनुहोस