Latest News

प्रचण्डलाई देउवाको टेलिफोन, यस्तो प्रस्तावमा के दिए जवाफ ?

Nepalese Times July 28, 2022 (2 Year ago)    481 Views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणाका लागि देउवाले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सँग टेलिफोन गरेर सहमति मागेका छन् ।

प्रधानमन्त्री देउवाले बुधवार फोन गरेर बिहीवार चुनावको मिति घोषणाका लागि सहमति मागेको प्रचण्ड स्वयंले खुलासा गरेका हुन् । जवाफमा आफूले एक–दुई दिन कुर्न आग्रह गरेको प्रचण्डले बताए ।

प्रेस संगठनका पूर्व पदाधिकारीसँग बिहीवार भएको भेटमा प्रचण्डले भने– ‘हिजो म एउटा कार्यक्रममा रहेको समयमा प्रधानमन्त्रीले फोन गरेर बिहीवार चुनावको मिति घोषणा गर्ने तयारी गरेको छु भन्नुभयो ।’

देउवाको भनाइ उद्धृत गर्दै प्रचण्डले भने, ‘नागरिकता विधेयकलगायत संसद्मा बाँकी रहेका विधेयक पारित गरेर एकदुई दिनमा चुनाव घोषणा गर्नुहोला भनेर मैले सुझाव दिएको छु ।’

मन्त्रिपरिषद्को बैठक बिहीवार बस्दैछ । तर, आज चुनावको मिति घोषणा हुने सम्भावना कम रहेको प्रचण्डले बताए । ‘मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गर्ने तयारी छ, एकदुई दिनमै मिति घोषणा हुन्छ,’ प्रचण्डले भने ।

निर्वाचन आयोगले मंसिर २ गते एकै चरणमा चुनाव गर्न प्रस्ताव गरेको थियो । अध्यक्ष प्रचण्डले चुनावमा यही गठबन्धनबीच चुनावी तालमेल हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस