काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो । यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो ।
====
=====