Latest News

यी हुन् कांग्रेस सभापतिलाई बर्खास्त गर्न माग गर्ने २७ सदस्य, लगाए १८ गम्भीर आरोप (पत्रसहित)

Nepalese Times July 28, 2022 (2 Year ago)    464 Views

काठमाडौं –

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति कान्छाराम तामाङले पार्टीको विधानविपरित गतिविधि गरेको भन्दै कार्यसमितिका बहुमत सदस्यहरुले कारबाहीको माग गरेका छन् ।

४८ जनामध्ये २७ जनाले सदस्यहरुले जिल्ला सभापति तामाङलाई बर्खास्त गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।

उनीहरुले जिल्ला सभापति तामाङको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । तामाङको अलोकतान्त्रिक, अराजनीतिक, अराजक र साम्प्रादायिक भावको शैलीका कारण हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा समेत पार्टीले अपुरणीय क्षति व्यहोरेको उनीहरुको आरोप छ । उनीहरुले तामाङले एमालेसँग अस्वभाविक साँठगाँठ गरेको पनि आरोप लगाएका छन् ।

केन्द्रिय समितीमा बुझाएको पत्रका स्थानिय तहको निर्वाचनमा सभापतीको कारण गठबन्धन जिल्लामा हुन नसक्दा र गठबन्धन दलका नेता तथा कार्यकर्तालाई अराजनितिक ब्यवहार गर्दा जिल्लामा पार्टीले ठुलो क्षेती ब्यहोर्नु परेको उल्लेख छ।

जिल्लाका प्रभावशाली नेताहरु पूर्व जिल्ला सभापति एव्म महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्काको नेतृत्वमा विभिन्न २७ जना सदस्यहरुले सभापति तामाङलाई हटाउनको लागि हस्ताक्षरसहित केन्द्रीय सभापति देउवासमक्ष माग गरेका छन् ।

‍‍‍=====

=====

प्रतिक्रिया दिनुहोस