काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एक सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने क्रममा पक्राउ परेका तीनैजना छुटेका छन् ।
पक्राउ परेका अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्कालाई आज बिहान छाडिएको हो । मालिगाउँ प्रहरी वृत्तमा राखिएका उनीहरूलाई सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ ।
एक कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा केही युवाले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारासहित प्लेकार्ड देखाउँदै नाराबाजी गरेका थिए ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो ।
कमलादीमा प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा युवाहरू आम युवा नाममा विरोध गर्दै आइरहेको समूहका सदस्य रहेको स्रोतले जनाएकोको छ । उनीहरुले आम युवा समूहको सदस्य भनेर परिचय गराउँदै आएका थिए ।
सुरुमा एक जनाले ढोकाबाट नागरिकता विधेयक खारेज भन्दै प्लेकार्ड देखाएर नारा लगाउँन थाले र। उनलाई तुरुन्त प्रहरीले बल पुवर्क नियन्त्रणमा लिएको थियो,लगत्तै देउवाको छेवैमा अर्को नारा लाग्यो एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद ।
एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावादको नारा लगाउने युवा थिए १९ बर्षिय अर्जुनराज पौडेल ,सानै उमेरदेखि राष्ट्रियताको सन्दर्भमा खरो बोलेर चर्चामा आएका उनी एमसीसी, नागरिकता विद्ययेक जस्ता कुरा आउँदा सडकमै आएर आन्दोलन गरिरहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्नका लागी देउवालाई उद्घोषले आमन्त्रण गर्ने वित्तिकै हातमा नागरिकता विद्ययेक खारेज गर भन्दै एक युवाले नाराबाजी गर्न थाले उनलाई तुरुन्त प्रहरीले बल पुर्वक बाहिर निकाल्यो त्यस लगत्तै अर्जुनराज पौडेलले एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद भन्दै नारा लगाएका थिए । उनलाई पनि देउवाका सुरक्षा गार्डहरुले कठालो समातेर बाहिर निकालेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएका युवाहरुको तुरुन्त रिहाइ गरिनु पर्ने भन्दै सामाजिक अभियान्ताहरुले समाजिक संजाल मार्फत दबाव बढाउँदै लगेका छन् । विभिन्न व्यक्तिहरुले सामाजिक संजालमा स्टाटस लेख्दै तीन युवालाई तुरुन्त रिहाइको माग गरेका थिए ।