Latest News

यसरी हेर्नुहोस् एसईईको रिजल्ट (तालिकासहित)

Nepalese Times July 26, 2022 (2 Year ago)    522 Views

काठमाडौं ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट केही दिनभित्रै प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डले यही साता रिजल्ट प्रकाशित गर्ने बताएको थियो। त्यसअनुसार रिजल्ट प्रकाशित गर्न अन्तिम तयारी भइरहेका छन्।

रिजल्ट प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बताएको छ।

यसवर्षको एसईई परीक्षा गत वैशाखमा भएको थियो। यसवर्ष पाँच लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए। असार अन्तिम साता रिजल्ट प्रकाशित गर्ने भने पनि दुई साता ढिला हुने भएको छ।

बोर्डको पहिलो बैठकको रायसुझावको आधारमा मात्रै नतिजा सार्वजनिक गर्ने आन्तरिक समय तालिका तय गरिन्छ । नतिजा तयारीको अन्तिम काममा करिब ७० कर्मचारी खटिएका छन् ।

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको छ ।

विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालयले आउनुपर्ने बाध्यता छ । बोर्डका प्रादेशिक कार्यालयमा यी विवरण उपलब्ध नहुँदा त्यहाँबाट सच्याउन सकिँदैन ।

यसपटक कोभिड महामारीको दुइर् वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

यो वर्ष नयाँ लेटर ग्रेडिङ पद्दतिअनुसार एसईईलगायत कक्षा ९१–१२० को नतिजा सार्वजनिक तयारी छ । लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस