काठमाडौं । संसदबाट नागरिकता विधेयक पारित भएपछि यसको विरोध र आलोचना गर्नेको संख्या बढिरहेको छ ।
नागरिकताका विषयमा लामो समय देखी अभियान चलाइरहेका अभियान्ताहरुले देउवा सरकारले पारित गरेको विद्ययेकका कारण देशनै नरहने सम्मको अवस्था आउँन सक्ने सम्मको चिन्ता व्यक्त गरेका छन् ।
कपितयले नागरिकता विद्ययेक पारित भएसँगै नेपाल अब सिक्किम या फिजिको बाटोमा हिँडेको समेत भनेका छन् ।
प्रतिनिधीसभाको बैठकबाट पारित भइसकेको विद्ययेक अब राष्ट्रिय सभाबाट पनि पारित भए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरे पछि लागु हुन्छ ।
अझै पनि कपिपय व्यक्तित्वहरुले यो नागरिकता विद्ययेकलाई रोक्न सकिने भन्दै उपायको खोजि गर्न थालेका छन् । राष्ट्रिय सभाले पास नगरेमा वा राष्ट्रिय सभाले पारित गरे पछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सिधै प्रमाणिकण नगरी सर्वोच्च अदालतको राय मागेमा रोकिने सक्ने भनेका छन् ।
कतिपयले विद्यादेवी भण्डारीलाई विशेष अनुरोधनै गरेर यो विद्ययेक रोकिदिन पनि अनुरोध गरेका छन् । तत्कालिन अवस्थामा गरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला यसै गरि संसदले अर्थ विद्ययेकको रुपमा नागरिकताको बिषय समेटेर ल्याए पछि तत्कालिन रााजा विरेन्द्रले रोकेको स्मरण गराउँदै राष्ट्रपति भण्डारीसँग यो रोकिदिन अनुरोध गरेका छन् ।
गिरीजा प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला सरकारले अर्थ विद्ययेकको रुपमा ल्याएर प्रमाणिकरणका लागी राजासामु पठाएको विद्ययेकलाई राजा विरेन्द्रले रायका लागी सर्वोच्च अदालत समक्ष पठाइदिएका थिए । सर्वोच्चले यसरी ल्याउँन मिल्दैन भनेर फैसला गरिदिए पछि विद्ययेक रोकिएको थियो ।
अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि त्यहि मोडल अपनाउँनका लागी धेरैले अनुरोध गरेका छन् । लेखक एवं राजनितीक विश्लेषक अर्जुन ज्ञवालीले समाजिक संजालमा एक स्टाटस लेखेर यो विद्ययेक सिधा प्रमाणिकण नगरिदिन अुनरोध गरेका छन् । ज्ञवालीले एसपीपी पनि राष्ट्रपतिकै कारण रोकिएको भन्दै यसलाई रोकिदिन भनेका छन् ।
लेखक तथा विश्लेषक ज्ञवालीले आफ्नो सामाजिक संजालमा लेखेका छन् संसद बाट पारित राष्ट्रघाती नागरिकता विधेयकलाई सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विचार गरेर निर्णय गर्नुपर्ने भएको छ। विगतमा पनि राष्ट्रपतिको रूपमा उहाँकै भूमिकाको कारण अमेरिकी सैनिक सम्झौता एस पी पी देखि एम सी सी कार्यान्वय निष्कृय हुन् गएको छ।
सम्माननिय राष्ट्रपतिको यो भूमिकाको इतिहासले अवश्य पनि मूल्याङ्न गर्नेछ। जननेता मदन भण्डारीको पनि सम्मान हुनेछ। बनारस बाट रग तमै राष्ट्र घात बोकेको काङ्ग्रेस र भारतिय र युरोपियन इसाईको ट्रोजन हर्स माओवादी जनतासमाजबादीले गरेको यो राष्ट्रघात लाई निष्कृय बनाउने भूमिका निभाएर इतिहासमा पुर्खाले सिर्जेको राष्ट्र बचाउने कार्य ले सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भावी पुस्ताले सम्झी रहने छ।
लेखक ज्ञवालीले उक्त पोष्ट गर्नु भन्दा अघि यस्तो पोष्ट गरेका थिए आज पारित गरिएको नागरिकता विधेयक पश्चिमी मिशन अन्तर्गत ल्याइएको छ। नेपालको सेनाका उच्च अधीकारीहरु, यहाँको एउटा वर्ग अमेरिकमा ग्रीन कार्ड लिएर बसेका छन्।
विवाहित बिदेशी महिलालाई तुरुन्त नागरिकता दिने नीति उनीहरूको लागि अनुकूल वातावरण बनाउने मिशन अंतर्गत आएको छ। यो राष्ट्रघाती विधेयक लाई अदालत मार्फत असफल बनाऊ। विगतमा पनि न्यायालय ले रोकेको नजिर छ।