Latest News

चितवन घटनामा नयाँ ट्वीस्ट, श्रीमती ह’त्याको सेकेण्डभरमै श्रीमानको पनि कसरी गयो ज्यान ?

Nepalese Times July 25, 2022 (2 Year ago)    438 Views

काठमाडौं ।

घरायसी विवादमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घरबाट भाग्ने क्रममा श्रीमानको पनि ज्यान गएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० रमाइलोचोकस्थित आफ्नै घरमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्यलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएर तीन तलामाथिबाट श्रीमान् ४३ वर्षीय कृष्णप्रसाद आचार्य हामफालेका थिए।

घरबाट हामफालेका कृष्णप्रसादको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।

शनिबार राति करिब १०ः२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो। उनलाई अस्पतालले राति १०ः४० बजेतिर मृत घोषणा गरेको थियो।

खुकुरी प्रहार लगत्तै तेस्रो तलाबाट हाम फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो। बरण्डाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो।

गम्भीर घाइते कृष्णलाई पनि अस्पतालले राति करिब ११ बजेतिर मृत घोषणा गरेको थियो। रुष्मा राष्ट्रिय मावि तोरीखेतमा पढाउँथिन्।

श्रीमान् भने कतार बस्थे। करिब १ महिनाअघि मात्रै घर आएका उनको श्रीमतीसँग विवाद परेको थियो। विवाद चर्किंदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेको आफन्त बताउँछन्।

उनीहरूका १२ वर्षीया छोरी छन्। शनिबार घटना हुँदा घरमा छोरी मात्रै थिइन्। प्रहरीले श्रीमतीको ज्यान लिएपछि भाग्ने क्रममा खसेको हो कि आत्मह–त्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ।

दुबैको शव भरतपुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस