काठमाडौं ।
नेपाली कांग्रेसमा स्पष्ट दुई धारको संघर्ष चुलिएको छ ।
पार्टीको १४ औँ महाधिवेशनमा विजयी भएका सभापति शेरबहादुर देउवा समूहले आफूखुशी काम गर्न थालेको भन्दै संस्थापन ईत्तरसमूहहरु संघर्षको मैदानमा रहेका छन् ।
देउवालाई सभापति बनाउन अन्तिम समयमा साथ दिएका नेताहरु रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेत देउवाको कामप्रति असन्तुष्ट बन्न थालेका छन् ।
यसैक्रममा हेटौँडाबाट भने संस्थापन समूह एवम् प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई तनाव दिने खबर आएको छ ।
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको नेतृत्वमा संस्थापन इतर पक्ष विजयी भएसँगै शेखर कोइरालाहरु खुशी भएका छन् ।
हेटौँडामा सम्पन्न महाधिवेशनको आइतबार भएको अन्तिम मतगणनाबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन पक्ष पराजित भएको छ ।
शेखर कोइराला पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेल विजयी भएका छन् ।
अध्यक्षमा संस्थापन पक्षकी अनिता बिन्दुलाई लम्सालले हराएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई पराजित गरे । उपाध्यक्षमा नकुल अर्याल र भिष्मराज ओझा निर्वाचित हुँदा राममणी दाहाल र शेखर रेग्मी पराजित भएका छन् ।
त्यस्तै, उपाध्यक्ष महिलामा कोइराल पक्षकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन् । उपाध्यक्षमा बागमतीमा जीवन भण्डारी विजयी भएका छन् । महासचिवमा दिलिपले जगन्नाथ दुलाललाई पराजित गरे ।
यस्तो छ निर्वाचित पदाधिकारीको मत परिणामः
====
====
====
====