काठमाडौं ।
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ । आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको निर्वाचन अधिकृत प्रवीण हुमागाईंले बताएका छन् ।
७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९ रहेको निर्वाचन अधिकृत हुमागाईंले बताए ।
अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिए तापनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको हो ।
सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार मतदान कार्य आज साँझ ६ः ३० बजेसम्म हुने बताइएको छ ।
नेपाली काँग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्।