काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा हालै शल्यक्रिया सम्पन्न भएको छ ।
अत्यधिक मासिक रक्तश्रावको समस्या भएर उपचारका लागि गएकी देउवाको प्रारम्भिक जाँच मेदान्त अस्पतालमा र शल्यक्रिया म्याक्समा गरिएको थियो ।
साउन १ गते म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो । चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा. हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो ।
शल्यक्रियापछि देउवाको स्वास्थ्य अवस्था साधारण रहेको र उनी स्वास्थ्यलाभ गर्दै गरेको कुरा उनको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् ।
पाठेघरको मुखमा क्यान्सरको शंका गरिएता पनि प्रारम्भिक जाँचमा त्यस्तो नदेखिएकोले देउवा चाँडै स्वस्थ हुने अनुमान चिकित्सकले गरेका छन् ।
वि.सं. २०१८ सालमा जन्मिएकी राणाको तत्कालिन समयका गृहमन्त्री शेरबहादुर देउवासँग २०४८ सालमा भएको थियो ।
नेपाल र भारतमा अध्ययन गरेकी प्रधानमन्त्री पत्नीले भारतको सेण्ट बेडेस कलेज, हिमाञ्चल तथा पञ्जाव विश्वविद्यालयबाट स्नातकोत्तर तथा अर्गनाइजेशनल साइकोलोजीमा विद्यावारिधी गरेकी छिन् ।